सनराइज बैंक तथा मलेसिया भि.एल.एन. नेपाल प्रा.लि. बीच सम्झौता

Post Date : October 5, 2016 | 10:56 am

काठमाडौं, १९ असोज । सनराइज बैंक लिमिटेड र मलेसिया भि.एल.एन. नेपाल प्रा.लि. बिच मलेसियाको लागि भिसा आवेदन शुल्क संकलन सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

मलेसिया भि.एल.एन. नेपाल प्रा.लि. मलेसियाको लागि भिसा आवेदन गर्दा लाग्ने शुल्क संकलन गर्नका लागि मलेसियाई राजदूतावासबाट अधिकार प्राप्त संस्था हो । सनराइज बैंक र सो संस्था बिच मलेसियाका लागि भिसा आवेदकहरुलाई एकद्वार केन्द्र (One Stop Centre–OSC) को सुविधा सहित सोका लागि लाग्ने शुल्क सनराइज बैंक लिमिटेडमा जम्मा गर्ने गरी मिति २०७३ आश्विन १७ गते सम्झौतापत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पत्रमा मलेसिया भि.एल.एन. नेपाल प्रा.लि. को तर्फबाट अध्यक्ष रामप्रसाद श्रेष्ठ तथा सनराइज बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले हस्ताक्षर गर्नु भयो ।

मलेसियाका लागि भिसा आवेदकहरुले सनराइज बैंक लिमिटेडको कुनै पनि ६७ वटा शाखामा मलेसियाको लागि विद्युतीय भिसा आवेदन लगायत भिसाको लागि लाग्ने शुल्क जम्मा गर्न सक्नेछन् । मलेसिया भि.एल.एन. नेपाल प्रा.लि. को कार्यालय मेट्रो पार्क भवन, उत्तर ढोका, लाजिम्पाटमा रहेको छ र सनराइज बैंक लिमिटेडले नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात उक्त स्थानमा आफ्नो काउन्टर समेत राखेर सेवा प्रदान गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *