सनराइज बैंक र आईडिबिआई बैंकबीच विप्रेषणसम्बन्धी सम्झौता

Post Date : April 21, 2017 | 9:30 am

मुम्बई, भारत, ८ वैशाख । सनराइज बैंकले विप्रेषण सेवा विस्तारका लागि भारतको आईडिबिआई बैंकसँग हिजो बिहीबार भारतको मुम्बईमा विप्रेषणसम्बन्धी सम्झौता गरेको छ । सम्झौतापत्रमा सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र आईबिडिआई बैंकका मुख्य महा–प्रबन्धक एन कृष्णनले हस्ताक्षर गर्नु भएको छ । हस्ताक्षर कार्यक्रममा सनराइज बैंकका अध्यक्ष मोतिलाल दुगड र आईबिडिआई बैंकका नायब प्रबन्ध निर्देशक केपी नायरको समेत उपस्थिति थियो ।

सम्झौतापछि भारतमा बस्दै आएका नेपालीले आईबिडिआई बैंकको शाखामार्फत नेपालमा सनराइज बैंकको खातामा रकम जम्मा गर्न सक्नेछन् । त्यस्तै, सनराइज बैंकका ६८ वटा शाखा र ३ वटा एक्सटेन्सन काउण्टरबाट भुक्तानी लिन पनि सकिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *