सनराइज बैंक लिमिटेडको शाखारहित बैंकिङ्ग सेवा इलामको नँयाबजारमा

Post Date : June 24, 2016 | 3:17 pm

काठमाण्डौं, १० असार । सनराइज बैंक लिमिटेडले बैंकिङ्ग सेवा नपुगेका देशका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पुरयाउँदै जाने उद्घेश्य अनुसार आफ्नो सातौं शाखारहित बैंकिङ्ग सेवा इलाम जिल्लाको वडा नं.८ स्थित नँयाबजारमा शुरू गरेको छ ।

बैंकको इलाम शाखाका प्रमुख गुरू राज रेग्मी र स्थानीय बुिद्धजिवी एवंम् भूतपूर्व शिक्षक कमल कान्त रिमालले शुक्रबार एक समारोहका बीच उद्घाटन गर्नु भयो । सो अवसरमा बैंकको इलाम शाखाका प्रमुख गुरू राज रेग्मीले शाखारहित बैंकिङ्ग सेवा प्रदान गर्नुको उद्घेश्य प्रष्ट पार्दै शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधि देवी प्रसाद अधिकारीलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गर्नुभयो । शाखा कार्यालय नभएको ठाँउबाट बचत तथा भुक्तानीका लागि शाखारहित बैंकिङ्ग सेवा मार्फत एटिएम कार्ड र औंठा छापबाट कारोबार गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *