सनराईज बैंकको नाफा अघिल्लो वर्षको तुलनामा ४८ करोड रुपैया बढी

Post Date : August 2, 2016 | 2:56 pm

काठमाडौं, १८ साउन । सनराईज बैंकले आ.व. २०७२/७३ को असार मसान्तसम्म ९५ करोड १७ लाख रुपैया खुद मुनाफा गरेको छ । बैंकले अघिल्लो आ.व. २०७१/७२ मा ४७ करोड ५ लाख रुपैया खुद मुनाफा गरेको थियो ।

बैंकले गत आ.व. २०७२/७३ मा ५१ अर्ब ६५ करोड २ लाख रुपैया निक्षेप संकलन र ४२ अर्ब ८६ करोड ५० लाख रुपैया कर्जा प्रवाह गरी उक्त मुनाफा गर्न सफल भएको हो ।

अघिल्लो आ.व. २०७१/७२ मा ३३ अर्ब ४८ करोड ६६ लाख रुपैया बराबर निक्षेप संकलन र २६ अर्ब ३८ करोड रुपैया कर्जा प्रवाह गरेको थियो । बैंकको हाल ३ अर्ब ९७ करोड ६० लाख रुपैया चुक्ता पूँजी रहेको छ । त्यस्तै खराब कर्जा अनुपात १.२४ प्रतिशत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *