सम्सारा रेमिट र अलजजिरा एक्सचेञ्जबीच सम्झौता

Post Date : July 25, 2017 | 2:13 pm

काठमाडौँ, १० साउन । सम्सारा रेमिट र अलजजिरा एक्सचेञ्जबीच रेमिट्यान्ससम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा सम्सारा रेमिटका कार्यकारी उपाध्यक्ष जीवनबाबु श्रेष्ठ र अलजजिरा एक्सचेञ्जका महाप्रबन्धक निदाल सालिमले हस्ताक्षर गर्नु भएको छ । सम्झौतापछि कतारस्थित अलजजिरा एक्सचेञ्जको ८ वटा शाखाबाट नेपाल पठाएको रकम सम्सारा रेमिटको नेपाल अधिराज्यभरको ४ हजार २ सयभन्दा बढी सबएजेन्टमार्फत भुक्तानी लिन सक्ने जनाएको छ । उक्त रकम नेपालमा कुनै पनि बैंक तथा वित्तीय संस्थामा रहेको सम्बन्धित व्यक्तिको खातामा जम्मा गरिदिने व्यवस्था समेत रहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *