सहारा विकास बैंकले हालको चुक्ता पूँजीको १५०% हकप्रद शेयर निष्काशन गर्ने

Post Date : September 26, 2016 | 3:36 pm

काठमाडौं, १० असोज । क्षेत्रीयस्तरको सहारा विकास बैंकले हाल रहेको चुक्ता पूँजी २ करोड ३६ लाख रुपैयाको एकसय पचास प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ ।

बैंकले रु १०० अंकित दरका ३ लाख ५४ हजार कित्ता शेयर बराबर ३ करोड ५४ लाख रुपैया बराबरको हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।

बैंकले यही असोज १४ गतेदेखि कार्तिक १८ गतेसम्म शेयरधनीलाई हकप्रद शेयरका लागि आवेदन गर्न सकिने जनाएको छ । हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल अईएमई बैंक तोकिएको छ ।

हकप्रद शेयर निष्काशनपछि बैंकको चुक्ति पूँजी ५० करोड ९० लाख रुपैया पुग्नेछ ।

नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम २०७४ असार मसान्तभित्र बैंकले चुक्ता पूँजी ५० करोड रुपैया पुरयाउनु पर्नेछ ।

बैंकले गत आर्थिक वर्ष २०७२।७३ मा ५२ करोड ६९ लाख रुपैया निक्षेप संकलन, ३० करोड २२ लाख रुपैया कर्जा प्रवाह गरी १ करोड ३२ हजार रुपैया खुद मुनाफा गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *