साँग्रीला डेभलपमेन्ट बैंकको दुईदिने प्रशिक्षण कार्यक्रम सम्पन्न

Post Date : July 24, 2017 | 12:55 pm

पोखरा, ९ साउन । साँग्रीला डेभलपमेन्ट बैंकले आफ्ना शाखा प्रमुखहरूका लागि दुईदिने प्रशिक्षण तथा आ.व. २०७३/७४ को समीक्षा भेला सम्पन्न गरेको छ ।

पोखरामा शनिबार र आइतबार (साउन ७ र ८ गते) आयोजित कार्यक्रममा विभिन्न विभागीय प्रमुख, क्षेत्रीय प्रबन्धक र शाखा प्रमुख गरी ४५ जा कर्मचारीको सहभागितामा उक्त प्रशिक्षण तथा समीक्षा कार्यक्रम आयोजना गरिएको थियो ।

सहभागीहरूलाई वरिष्ठ हास्य कलाकार हरिवंश आचार्य लगायतले प्रशिक्षण दिनु भएको थियो ।

कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले बैंकको गत आ.व. २०७३÷७४ को समीक्षा गर्नुका साथै बैंकको भावी योजना र रणनीतिको बारे प्रष्ट पार्नु भएको थियो ।

सोही अवसरमा बैंकका अध्यक्ष प्रा.डा. रवीन्द्र प्रसाद श्रेष्ठ र संचालक शिवलाल श्रेष्ठले बैंकको वर्तमान अवस्था र भावी कार्यक्रममाथि प्रकाश पार्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *