साउन १ गतेदेखि दशलाख रुपैयाँ वा सोभन्दा बढीको कारोबार गर्दा बैंकिङ उपकरणमार्फत गर्नुपर्ने

Post Date : July 11, 2017 | 11:48 am

काठमाडौँ, २७ असार । नेपाल सरकारको निर्णयअनुसार सम्पत्ति शुद्धिकरण (मनी लाउण्डरिङ) निवारण ऐन २०६४ को दफा ४४ ग को उपदाफा १ अनुसार प्रचलित करसम्बन्धी कानुनले अन्यथा व्यवस्था गरेको अवस्थामा बाहेक २०७४ साउन १ गतेदेखि एकपटकमा दशलाख रुपैयाँ वा सोभन्दा बढी मूल्यको कुनै सेवा वा वस्तुको खरिद बिक्री वा अन्य कारोवार गर्दा वित्तीय संस्था वा बैंकिङ उपकरणमार्फत गर्नु पर्नेछ । सो व्यवस्थाको उल्लंघन गरेमा सोही ऐनको दफा ३० को उपदफा ९ बमोजिम बीगो जफत गरी बीगो बमोजिम जरिवाना हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *