साताको पहिलो दिन शेयर बजारमा सामान्य सुधार

Post Date : July 10, 2016 | 3:51 pm

काठमाडाैं, २६ असार ।अाज साताको पहिलो दिन शेयरबजारमा सामान्य सुधार अाएको छ । अाज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा ६.८१ अंकले बढेर १७२२.५३ बिन्दुमा पुगेको छ । कुल ५९३१ कारोवारबाट २२ लाख १७ हजार ९७३ कित्ता शेयर किनबेच भई १ अर्ब ४३ करोड ७० लाख ४६ हजार ९५६ रुपैयाको कारोवार भएको छ । अाज कारोवार भएको रकममा गत साताको अन्तिम दिनको तुलनामा सामान्य सुधार अाई करिब १० करोड रुपैया बढी कारोवार भएको छ ।

अाज जलविद्युत र बिमा समूहको कारोवारमा गिरावट अाएको छ भने यसबाहेक अरु सबै समूहहरुको कारोवारमा सुधार अाएकाे छ । वाणिज्य बैंकहरुको ११.०५ अंकले बढेर ४४ करोड रुपैयाभन्दा बढीको कारोवार गरेको छ । होटल समूहको ५.८१ अंकले बढेर १ करोड रुपैयाभन्दा बढीको कारोवार भएको छ भने विकास बैंक समूहको १३.४१ अंकले बढेर ३७ करोड रुपैयाभन्दा बढीको कारोवार भएको छ । त्यस्तै फाइनान्स समूहको ७.१२ अंकले बढेर ४ करोड रुपैयाभन्दा बढीको कारोवार भएको छ ।

जलविद्युत समूहको १७.९१ विन्दुले घटेर करिब ७ करोड रुपैयाको कारोवार भएको छ । त्यस्तै बीमा कम्पनीहरुको कारोवारमा ४८.१६ अंकले घटेर ३६ करोड रुपैयाभन्दा बढीको कारोवार गरेकाे छ ।

अाज कारोवार भएको कम्पनीहरुमा सबैभन्दा बढी एभरेष्ट बैंक लिमिटेडको ११ कराेड रुपैयाभन्दा बढीको कारोवार भएकाे छ । त्यस्तै दोस्रोमा नेपाल इन्भेष्टमेन्ट बैंकको करिब साढे ४ करोड रुपैयाको प्रमाोटर शेयरको कारोवार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *