साना सिँचाइ कार्यक्रम

Post Date : February 24, 2017 | 6:18 pm

विराटनगर, १३ फागुन । मोरङमा कृषि उत्पादनमा वृद्धि गर्ने उद्देश्यले साना सिँचाइ विशेष कार्यक्रम सञ्चालन गरिएको छ ।

सो कार्यक्रमअन्तर्गत चालु आवमा ४५ वटा योजनामा रु ३६ लाख रकम किसानलाई अनुदानको रुपमा उपलब्ध गराउने जिल्ला कृषि विकास कार्यालयका कृषिप्रसार अधिकृत सत्यदेव मण्डलले जानकारी दिनुभयो ।

साना सिँचाइ कार्यक्रमका लागि किसानसँग समूहगत रुपमा वा कृषि सहकारीको माध्यमबाट आवेदन माग गरिएको थियो । छनोटमा परेका समूह वा कृषि सहकारीलाई अधिकतम रु एक लाख ५० हजारसम्म अनुदानको रुपमा उपलब्ध गराउने मण्डलले बताउनुभयो ।

उक्त अनुदानबाट किसानले बोरिङ जडान गर्ने र पम्पिङ सेटलगायतका कृषि औजार खरिद गर्नेछ । यस कार्यका लागि सरकारले ८५ प्रतिशत अनुदानको व्यवस्था गरेको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *