सानिमाको शाखा बिदुरमा

Post Date : November 25, 2016 | 3:58 pm

नुवाकोट, १० मङ्सिर । सानिमा बैंक लिमिटेडले मङ्सिर १०, २०७३ मा नुवाकोटको बिदुरमा UK aid द्वारा प्रवद्र्धित सक्षम परियोजना (Access to Finance) समेतको सहकार्यमा शाखा कार्यालय स्थापना गरीे बैंकिङ्ग सेवा विस्तार गरेको छ । उक्त शाखा कार्यालयको समुद्घाटन सानिमा बैंकका ब्य्रान्ड प्रवद्र्धकद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह) तथा सानिमा बैंकका अध्यक्ष बिनय श्रेष्ठद्वारा संयुक्त रुपमा भयो ।

सानिमा बैंकका अध्यक्ष बिनय श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृत भुवन दाहालद्वारा बंैकका ग्राहक तथा सम्पूर्ण सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गर्दै बिदुर शाखाबाट पनि ग्राहकहरुलाई गुणस्तरीय सेवा पुरयाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । समुद्घाटन समारोहमा मह जोडीले बिदुरमा सानिमा बैंक संचालनमा आएकोमा बिदुरवासीहरुलाई बधाईको साथै बैंकलाई समेत बधाई ज्ञापन गर्दै सानिमाको सफलता तथा सबल अनि विश्वसनीय बंैकको रुपमा निरन्तर विस्तार हुन शुभकामना व्यक्त गर्नु भयो ।

सानिमा बंैकको उक्त शाखा समेत गरी मेचीदेखि महाकालीसम्म ४१ वटा शाखा संजाल तथा ४७ वटा ए.टि.एम रहेका छन् ।

sanima-at-bidur2

२०७३ आषाढ मसान्तको लेखापरिक्षण गरिएको प्रमुख वित्तीय झलक ः

निष्कृय कर्जा ०.०२%
कर्र्जा निक्षेप अनुपात ७६.०७%
रियल स्टेट कर्जा ९.८५%
खुद तरलता २४.२४%
पँुजीकोष १२.३६%

Leave a Reply

Your email address will not be published. Required fields are marked *