सानिमाको शाखा रसुवाको टिमुरेमा

Post Date : March 7, 2017 | 12:57 pm

रसुवा, २४ फागुन । सानिमा बैंक लिमिटेडले फागुन २४, २०७३ मा रसुवाको टिमुरेमा UK aid द्वारा प्रवर्द्धित सक्षम परियोजना (Access to Finance) समेतको सहकार्यमा ४५ अौँ शाखा कार्यालय स्थापना गरीे बैंकिङ्ग सेवा विस्तार गरेको छ । सक्षम परियोजनाले बैंक तथा वित्तीय संस्थाहरुको वित्तीय सेवा दुर्गम क्षेत्रमा विस्तार गर्ने उद्देश्यमा सहयोग पुरयाइरहेको छ । उक्त शाखा कार्यालयको उद्घाटन सानिमा बैंकका अध्यक्ष विनय कुमार श्रेष्ठले गर्नु भयो ।

उद्घाटन समारोहमा सानिमा बैंकका अध्यक्ष विनय कुमार श्रेष्ठ तथा नायब प्रमुख कार्यकारी अधिकृत तेज बहादुर चन्दद्वारा बंैकका ग्राहक तथा सम्पूर्ण सरोकारवालाहरुबाट निरन्तर सहयोग तथा संरक्षणको अपेक्षा व्यक्त गर्दै टिमुरे शाखाबाट नेपाल–चीन आयात–निर्यातमा थप सहजिकरणका साथै ग्राहकहरुलाई गुणस्तरीय सेवा पुरयाउने विचार व्यक्त गर्दै टिमुरेमा सानिमा बैंक संचालनमा आएकोमा टिमुरेबासीहरुलाई बधार्ई ज्ञापन गर्नु भयो । साथै आगामी दिनहरुमा पनि सानिमा बैंकले सबल अनि विश्वसनीय बंैकको रुपमा मेचीदेखि महाकालीसम्म आफ्नो व्यवसाय विस्तार गर्ने प्रतिवद्धता व्यक्त गरेको प्रेस विज्ञप्तीमार्फत जनाइएको छ ।

सानिमा बंैकको टिमुरे शाखासमेत गरी मेचीदेखि महाकालीसम्म ४५ वटा शाखा संजाल तथा ५० वटा एटिएम रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *