सानिमा बैंकको बचत खातामा महिला ग्राहकहरुलाई साउन महिनाभरी विशेष उपहार

Post Date : July 24, 2017 | 4:30 pm

काठमाडौँ, ९ साउन । सानिमा बैंकले साउन महिनाको हरेक सोमबार बचत खाता खोल्ने महिला ग्राहकहरुलाई विशेष उपहार दिँदै आएको छ । त्यसै अन्तरगत सानिमा बैंकको मुख्य कार्यालय नक्साल तथा देशैभरीका ४५ शाखाहरुबाट महिला ग्राहकहरुलाई विशेष उपहार प्रदान गरेको जानकारी बैंकद्वारा जारी प्रेस विज्ञप्तीमार्फत दिइएको छ ।

यो योजना साउन महिनाभरी चल्नुका साथै प्रत्येक नारी बचत खाताबापत बैंकको तर्फबाट मासिक रु १ को दरले नारी सामाजिक कोषमा रकम जम्मा गरी सामाजिक कार्यमा खर्च गरिने समेत बैंकले जनाएको छ ।

बैंकले ग्राहकहरुलाई बचत खातामा बार्षिक ६ देखि ८ प्रतिशत सम्मको मासिक भुक्तानी हुने गरी उच्चतम ब्याज उपलब्ध गर्दै आएको छ । ग्राहकहरुको साथलाई ध्यानमा राखेर बैंकले विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आएको छ । साथै, सामाजिक उत्तरदायित्व अन्तर्गत सानिमा बैकले शैक्षिक छात्रवृत्ती, रक्तदान तथा अन्य विभिन्न कार्यक्रमहरु पनि गर्दै आएको समेत प्रेस विज्ञप्तीमा उल्लेख गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *