सानिमा बैंकको शाखा कालिकोटमा

Post Date : February 17, 2017 | 3:25 pm

काठमाडौँ, ६ फागुन । सानिमा बैंक लिमिटेडले फागुन ६, २०७३ मा कालिकोटको मान्ममा UK aid द्वारा प्रवर्द्धित सक्षम परियोजना (Access to Finance) समेतको सहकार्यमा ४४ अौँ शाखा कार्यालय स्थापना गरीे बैंकिङ्ग सेवा बिस्तार गरेको छ । उक्त शाखा कार्यालयको समुद्घाटन सानिमा बैंकका ब्य्रान्ड प्रवद्र्धक हरिवंश आचार्यले गर्नुभयो ।

सानिमा बैंकका संचालक समितिका सदस्य भरत कुमार पोखरेल तथा प्रमुख कार्यकारी अधिकृत भुवन दाहालद्वारा बैंकका ग्राहक तथा सम्पूर्ण सरोकारवालाहरुबाट निरन्तर सहयोग तथा संरक्षणको अपेक्षा व्यक्त गर्दै यस कालिकोट शाखाबाट पनि ग्राहकहरुलाई गुणस्तरीय सेवा पुरयाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । समुद्घाटन समारोहमा हरिवंश आचार्यले कालिकोटमा सानिमा बैंक संचालनमा आएकोमा कालिकोटबासीहरुलाई बधाईका साथै बैंकलाई समेत बधाई ज्ञापन गर्दै बैंकको सफलता तथा सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन शुभकामना व्यक्त गर्नु भयो ।

सानिमा बैंकको उक्त शाखा समेत गरी मेचीदेखि महाकालीसम्म ४४ वटा शाखा संजाल तथा ५० वटा एटिएम रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *