सानिमा बैंकद्धारा रक्तदान कार्यक्रमको आयोजना

Post Date : December 9, 2016 | 6:53 pm

काठमाडौँ, २४ मङ्सिर । सानिमा बैंकको १२औँ वार्षिकोत्सवको अवसरमा लायन्स् क्लब अफ काठमाडौँ समृद्धि र सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा, नारायणचौरको सहकार्यमा बैंकद्वारा रक्तदान कार्यक्रम आयोजना गरेको छ । बैंकको मुख्य कार्यालय अगाडि रहेको नन्दीकेश्वर बगैंचा, नक्सालमा आयोजित कार्यक्रममा स्थानीयबासी, प्रहरी, लायन्स् क्लब अफ काठमाडौँ समृद्धिका सदस्य तथा बैंकका कर्मचारीहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

२०७३ मंसिर २४, शुक्रबार बिहान १२ बजे देखि दिउँसो ४ बजे सम्म आयोजित कार्यक्रममा प्रमुख अतिथिका रुपमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालद्वारा सम्पूर्ण रक्तदाताहरुलाई धन्यवाद व्यक्त गर्नुभयो । सानिमा बंैकले स्थापनाकाल देखिनै सामाजिक उत्तरदायित्व अन्र्तगत शैक्षिक छात्रवृत्ति तथा अन्य विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।

सानिमा बंैकको मेचीदेखि महाकालीसम्म ४१ वटा शाखा संजाल तथा ४७ वटा ए.टि.एम. रहेका छन् ।

२०७३ आषाढ मसान्तको लेखापरिक्षण गरिएको प्रमुख वित्तिय झलक ः

निष्कृय कर्जा ०.०२%
कर्र्जा निक्षेप अनुपात ७६.०७%
रियल स्टेट कर्जा ९.८५%
खुद तरलता २४.२४%
पँुजीकोष १२.३६%

Leave a Reply

Your email address will not be published. Required fields are marked *