सानिमा बैंकद्वारा क्रिकेटर सन्दिप लामिछानेलाई क्रिकेट किट हस्तन्तारण

Post Date : February 19, 2017 | 6:12 pm

काठमाडौँ, ८ फागुन । सानिमा बैंक लिमिटेडद्वारा प्रायोजित नेपाली राष्ट्रिय टिमका खेलाडी तथा अन्डर–१९ क्रिकेटका कप्तान सन्दिप लामिछानेलाई बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालद्वारा एक समारोका बिच क्रिकेट किट हस्तान्तरण गर्नुभयो ।

सानिमा बैंक लिमिटेडद्वारा दुई वर्षका लागि प्रायोजन गर्ने सम्झौता भए अनुरुप बैंकले सन्दिप लामिछानेलाई मासिक रुपमा प्रायोजित रकम प्रदान गरी खेल जीवनमा अभ्यस्त रहन प्रेरित गर्दै आएको छ ।

नेपाल र केन्या बिचको वल्र्ड क्रिकेट लिग सिरीजको तयारीका लागि नेपाली राष्ट्रिय टिम १३ फागुन २०७३ मा भारत प्रस्थान गर्दैछ । नेपालले बिगत केही वर्षदेखि क्रिकेट क्षेत्रमा उल्लेखनीय प्रगति गरेको छ । सन् २०००, अगस्ट २ मा जन्मिएका लामिछानेले लेग ब्रेक बलिङ्ग स्टाईल मा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । उनीे हालै प्रकाशित ूअल आउट क्रिकेट ू पत्रिकामा उत्कृष्ट क्रिकेटरको सूचीमा पर्न सफल भएका छन् ।

प्रमुख कार्यकारी अधिकृत दाहालले सम्पूर्ण सानिमा परिवारले श्री लामिछानेलाई प्रायोजन गर्न पाएकोमा खुसी भएको र सानिमाबाट प्रेरित भई अन्य संस्थाहरुले पनि खेलाडीहरुलाई सहयोग गरी नेपालमा व्यवसायिक खेलकुदको विकासमा सहयोग गर्ने आशा व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *