सानिमा बैंकले बागमती डेभलपमेन्ट बैंकलाई प्राप्ति पश्चात एकीकृत कारोवार शुरु

Post Date : January 13, 2017 | 4:23 pm

सर्लाही, २९ पुस । सानिमा बैंक लिमिटेडले बागमती डेभलपमेन्ट बैंकलाई प्राप्ति (Acquisiton) पश्चात सानिमा बैंक लिमिटेडको नामबाट आजको मिति २०७३/०९/२९ (तदनुसार जनवरी १३, २०१७, शुक्रबार) बाट एकीकृत कारोबार शुरु गरेको छ । हरिवनमा आयोजित एक समारोहका बिच प्राप्ति कार्यको शुभारम्भ सानिमाका ब्य्रान्ड प्रवर्द्धकद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह) तथा सानिमा बैंकका संचालक समितिका सदस्यद्वय भरत कुमार पोखरेल र महेश घिमिरेले संयुक्त रुपमा गर्नुभयो । अब सानिमा बैंकको शाखा संजालमा हरिवन तथा लालबन्दी शाखाहरु पनि थपिएका छन् ।

सानिमा बैंकका संचालक समितिका सदस्यहरुद्वारा प्राप्ति पश्चात सानिमा बैंकले हरिवन र लालबन्दी शाखाबाट पनि सम्पूर्ण वित्तीय सेवा प्रदान गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो । समुद्घाटन समारोहमा मह जोडीले बैंक प्राप्ति कार्य सम्पन्न भएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सानिमाको सफलता तथा सबल अनि विश्वसनीय बंैकको रुपमा निरन्तर विस्तार हुनेमा शुभकामना व्यक्त गर्नुभयो ।

प्राप्ति पश्चात बैंकको चुक्ता पूँजी रु. ५ अर्ब ३० करोड रुपैयाँ पुगेको छ । साथै मेचीदेखि महाकालीसम्म शाखा संजाल ४३ वटा तथा ए.टि.एम. संख्या ४९ वटा पुगेको छ ।

२०७३ आषाढ मसान्तको लेखापरिक्षण गरिएको प्रमुख वित्तीय झलकः

  • निष्कृय कर्जा ०.०२%
  • कर्र्जा निक्षेप अनुपात ७६.०७%
  • रियल स्टेट कर्जा ९.८५%
  • पूँजीकोष १२.३६%

Leave a Reply

Your email address will not be published. Required fields are marked *