सिटिजन्स बैंकको इएमभीमा आधारित चिप्स कार्ड

Post Date : January 16, 2017 | 1:00 pm

काठमाडौँ, ३ माघ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले भिसा डेबिट तथा क्रेडिट कार्ड इएमभीमा आधारित चिप्स कार्ड जारी गरेको छ । बैंकले माघ महिनादेखि म्याद नाघेको म्याग्नेटक स्ट्रिप कार्ड नबिकरण गर्दा चिप कार्ड वितरण गर्ने र ग्राहकसँग रहेको म्याग्नेटिक स्ट्रिप कार्ड परिवर्तन गर्न चाहने ग्राहकका लागि न्यूनतम शुल्कमा इएमभीमा आधारित चिप्स कार्ड लिन सक्ने बैंकले जनाएको छ । बैंकले हाल नेपाल र भारतमा प्रयोग गर्न सकिने डेबिट र क्रेडिट कार्डका साथै विदेशमा प्रयोग गर्न सकिने इन्टरनेशनल डलर डेबिट र क्रेडिट कार्ड प्रयोगमा ल्याइरहेको छ ।

इएमभीमा आधारित चिप्स कार्डको प्रयोगबाट हुने कारोबार सुरक्षित हुने हुँदा डाटा चोरी एवं अनधिकृत कारोबार हुने सम्भावना न्यून रहने बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *