सिटिजन्स बैंकको खुद मुनाफा १ अर्ब २१ करोड रुपैयाँ

Post Date : July 23, 2017 | 3:41 pm

काठमाडौँ, ८ साउन । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले आर्थिक वर्ष २०७३/७४ को चौथो त्रैमासिकमा ५२ अर्ब ७१ करोड ८५ लाख रुपैयाँ निक्षेप संकलन र ४८ अर्ब ७ करोड ७६ लाख रुपैयाँ कर्जा प्रवाह गरी १ अर्ब २१ करोड १ लाख रुपैयाँ खुद मुनाफा गरेको छ । यो खुद मुनाफा अघिल्लो आर्थिक वर्षको भन्दा १२ दशमलब १ प्रतिशतले बढी हो ।

बैंकको निस्क्रिय कर्जा १ दशमलब २८ प्रतिशत रहेको छ । बैंकको चुक्ता पूँजी ६ अर्ब ९२ करोड १६ लाख ९० हजार रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *