सिटिजन्स बैंकको शाखारहित बैंकिङ सेवा

Post Date : September 19, 2016 | 12:18 pm

काठमाडौं, ३ असोज । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले नुवाकोट जिल्लाको नजारमण्डय गाविसमा शाखारहित बैंकिङ सेवा विस्तार गरेको छ । युकेएडको लगानीमा संचालित सक्षम एक्सेस टु फाइनान्स कार्यक्रमको सहकार्यमा बैंकले सो स्थानमा उक्त सेवा संचालन गरेको हो ।

देशका विभिन्न दुर्गम स्थानका बासिन्दाहरूलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ प्रणाली मार्फत वित्तीय पहुँच पुरयाउनका लागि सो सेवा विस्तार गरेको बैंकले जनाएको छ । बैंकले स्थानीय व्यवसायी विष्णुप्रसाद भण्डारीलाई व्यावसायिक प्रतिनिधि नियुक्त गरेको पनि जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *