सिटिजन्स बैंकको ५ वर्षे मुद्दती योजना

Post Date : February 15, 2017 | 8:42 am

काठमाडौँ, ४ फागुन । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले ‘सिटिजन्स ५ वर्षीय मुद्दती योजना’ ल्याएको छ । यस योजनामा वार्षिक १२ प्रतिशत ब्याज दिइने र न्यूनतम १ लाख रुपैयाँमा खाता खोल्न सकिने बैंकले जनाएको छ । यस योजनाअन्तर्गत २ वर्षसम्मको मुद्दती खाता हुने र ग्राहकले जुनसुकै समयमा खातामा रहेको रकम झिक्न सक्नेछन् । यसैगरी २ वर्षभन्दा बढी अवधिको मुधती खाता हुने ग्राहकले २ वर्षपछि कुनै पनि समयमा रकम झिक्न सक्नेछन् र रकम झिक्दा कुनै पनि शुल्क नलाग्ने व्यवस्था बैंकले गरेको छ ।

बचत खाताको ब्याजदर न्यूनतम २ प्रतिशतदेखि अधिकतम ४ प्रतिशत हुने बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *