सिद्धार्थ डेभलपमेन्ट बैंकको ३५ औँ शाखा तमघास बजारमा

Post Date : February 17, 2017 | 9:13 pm

काठमाडौँ, ६ फागुन । सिद्धार्थ डेभलपमेन्ट बैंकले गुल्मी जिल्लाको तमघास बजारमा ३५ औँ शाखा विस्तार गरेको छ । शाखाको उद्घाटन बैंकका अध्यक्ष रामबहादुर भण्डारीले गर्नु भएको छ । आगामी दिनमा देशभरका विभिन्न स्थानहरूमा शाखा विस्तार गर्दै ग्राहकवर्गलाई आधुनिक तथा स्तरीय बैंकिङ सेवा दिने बैंकले जनाएको छ ।

बैंकले चालु आर्थिक वर्ष २०७३।७४ को पुस मसान्तसम्ममा १४ अर्ब २१ करोड रुपैयाँ निक्षेप संकलन र १२ अर्ब १९ करोड रुपैयाँ कर्जा प्रवाह गरी १८ करोड ६८ लाख रुपैयाँ खुद मुनाफा गरेको छ । सो अवधिमा बैंकको निस्क्रीय कर्जा २ दशमलब ७८ प्रतिशत रहेको छ भने कर्जा/निक्षेप अनुपात ७६ प्रतिशत छ ।

बैंकको हाल चुक्ता पूँजी १ अर्ब १४ करोड ९१ लाख ६८ हजार रुपैयाँ रहेको छ । त्यस्तै जगेडा कोषमा ४१ करोड ७९ लाख ४४ हजार रुपैयाँ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *