सिद्धार्थ डेभलपमेन्ट बैंकको ३८ औँ शाखा अर्घाखाँचीको सन्धिखर्कमा

Post Date : June 19, 2017 | 12:18 pm

अर्घाखाँची, ५ असार । सिद्धार्थ डेभलपमेन्ट बैंक लिमिटेडले अर्घाखाँची जिल्लाको सन्धिखर्कमा शाखा स्थापना गरी कारोबार शुरु गरेको छ । शाखाको उद्घाटन अर्घाखाँची जिल्लाका प्रमुख जिल्ला अधिकारी डिल्लीराज पोखरेलले गर्नु भएको छ ।

बैंकले अर्घाखाँची शाखामा एटिएम सेवा पनि शुरु गरेको छ । बैंकका अध्यक्ष रामबहादुर भण्डारीले एटिएम सेवाको उद्घाटन गर्नु भएको छ ।

उद्घाटनको अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले शाखा कार्यालय विस्तारले आधुनिक एवं स्तरीय बैंकिङ सेवा प्रदान गर्ने बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *