सिद्धार्थ बैंकको खुद मुनाफा ९५ करोड ७० लाख रुपैयाँ

Post Date : April 25, 2017 | 3:11 pm

काठमाडौँ, १२ वैशाख । सिद्धार्थ बैंकले चालु आर्थिक वर्ष २०७३/७४ को तेस्रो त्रैमासिकमा ७५ अर्ब २५ करोड ५८ लाख रुपैयाँ निक्षेप संकलन र ६६ अर्ब २६ करोड ३ लाख रुपैयाँ कर्जा प्रवाह गरी ९५ करोड ७० लाख रुपैयाँ खुद मुनाफा गर्न सफल भएको छ । बैंकको निस्क्रिय कर्जा १.७१ प्रतिशत र कर्जा निक्षेप अनुपात ७५.०९ प्रतिशत रहेको छ । बैंकको हाल चुक्ता पूँजी ५ अर्ब २५ करोड ८ लाख ५९ हजार रुपैयाँ छ भने जगेडा कोषमा २ अर्ब ८२ करोड ३० लाख ६७ हजार रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *