सिद्धार्थ बैंकको नेपालगञ्ज शाखा स्थानान्तरण

Post Date : August 16, 2016 | 4:59 pm

काठमाडौं, ३२ साउन । सिद्धार्थ बैंकले नेपालगञ्जको धम्बोजी चोकस्थित शाखा कार्यालयलाई करिब ३ सय २५ मिटर उत्तरतर्फ धम्बोजी पुलिस गल्मसँगैको भवनमा स्थानान्तरण गरेको छ ।

स्थानान्तरिक शाखाको उद्घाटन नेपाल राष्ट्र बैंक, नेपालगञ्ज शाखाका निर्देशक भिष्मप्रसाद उप्रेती र बैंकका नायब कार्यकारी अधिकृत शम्भुनाथ गौतमले संयुक्त रुपमा गर्नु भएको छ ।

बैंकले गत आ.व. २०७२/७३ मा १ अर्ब २४ करोड ४८ लाख रुपैया मुनाफा गरेको छ । त्यस्तै बैंक उक्त आ.व.मा ६४ अर्ब ९३ करोड निक्षेप संकलन गरी ५५ अर्ब ३० करोड रुपैया कर्जा प्रवाह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *