सिद्धार्थ बैंक पुरस्कारबाट सम्मानित

Post Date : June 21, 2017 | 2:49 pm

काठमाडौँ, ७ असार । भिसाको एक्सिलेन्स इन ड्राइभिङ इनोभेसन पुरस्कार सिद्धार्थ बैंकले प्राप्त गरेको छ । अन्तर्राष्ट्रिय स्तरको यो स्तरको पुरस्कारबाट सम्मानित हुने सिद्धार्थ बैंक पहिलो नेपाली वाणिज्य बैंक हो ।

बैंकले ग्राहकवर्गको आवश्यकतालाई ध्यान दिँदै विभिन्न प्रकारका कार्ड जारी गर्ने र जारी गरिएका कार्डहरूमा थप सुविधा वृद्धि गर्दै जानु एवं नवीनतम सेवालाई कार्यान्वयनमा ल्याई कार्ड व्यवस्थापनमा दक्षता अभिवृद्धि गरिएको फलस्वरुप यो परस्कार प्राप्त गर्न सकिएको जनाएको छ ।

बैंकका सिद्धार्थ भिसा क्रेडिट कार्ड र युनो इन्टरनेट भेन्चर्स डिस्काउण्ट कार्डका विभिन्न विशेषतालाई समावेश गरी ल्याएको सिद्धार्थ युनो क्रेडिट कार्डका ग्राहकले युनोका देशभरी रहेका ३ सय ५० भन्दा बढी साझेदार केन्द्रहरूमा वस्तु तथा सेवा खरिद गर्दा १० देखि ४० प्रतिशतसम्म छुट प्राप्त गर्न सकिनेछ । सिद्धार्थ बैंकबाट हुने कुल कारोवारको संख्याको ३० प्रतिशतभन्दा बढी कारोवार नगदरहित कारोवार हुने गरेको बैंकले जनाएको छ ।

क्रेडिट कार्डसँगै बैंकले ग्राहकलाई मेडिकल प्रिपेड कार्ड, इन्टरनेशनल ट्राभल कार्ड, स्टुडेन्ट प्रिपेड कार्डलगायत विभिन्न डेबिट तथा प्रिपेड कार्ड सुविधा प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *