सिपा देउराली संस्कृत मावि भवन निर्माणमा नेपाल बैंकको ५२ लाख सहयोग

Post Date : May 30, 2017 | 5:25 pm

सिल्धुपाल्चोक, १६ जेठ । नेपाल बैंक लिमिटेडले सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिका वडा नं. ६ स्थित सिपा देउराली संस्कृत माध्यमिक विद्यालय भवन निर्माणका लागि ५२ लाख रुपैयाँ सहयोग गरेको छ । बैंक संचालक समितिका सदस्यद्वय डा. उमाकान्त सिलवाल र सुरेन्द्रबहादुर सिंहले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उत्तमविक्रम थापा तथा प्रधानाध्यापक पुण्यप्रसाद आचार्यलाई हस्तान्तरण गर्नु भएको हो ।

विद्यालयका सबै भवन पूर्ण क्षतिग्रस्त भएपछि २५० जना विद्यार्थी अस्थायी टहरामा अध्ययन गर्दै आएका थिए । बैंकको सहयोगबाट करिब ३ हजार वर्गफिटको दुईतले आठकोठे पक्की भवन निर्माण हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *