सिभिल बैंक र माछापुच्छ्रे बैंकका अध्यक्षको शपथग्रहण

Post Date : May 16, 2017 | 12:30 pm

काठमाडौँ, २ जेठ । सिभिल बैंक लिमिटेडका नवनिर्वाचित अध्यक्ष अम्बीर बोगटी र माछापुच्छ्रे बैंकका नवनियुक्त अध्यक्ष रोशन के.सी.ले नेपाल राष्ट्र बैंकमा गभर्नर डा. चिरन्जीवी नेपालबाट पद तथा गोपनियताको शपथग्रहण गर्नुभयो ।

बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) २०७३ लागू भएसँगै बैंक संचालक समिति अध्यक्षले नेपाल राष्ट्र बैंकमा पद तथा गोपनियताको शपथग्रहण गर्ने प्रावधानअनुसार शपथ लिइएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *