सिर्जना फाइनान्सको नयाँ शाखा सुनसरीको चक्रघट्टीमा

Post Date : May 4, 2017 | 6:46 pm

सुनसरी, २१ वैशाख । सिर्जना फाइनान्स लिमिटेडले सुनसरी जिल्लाको बराह नगरपालिका, महेन्द्रनगर चक्रघट्टीमा शाखा संचालनमा ल्याएको छ । शाखाको उद्घाटन सिर्जना फाइनान्सका संचालक लिला ढुंगेलले गर्नु भएको छ । फाइनान्सले शहरोन्मुख ग्रामीण क्षेत्रमा शाखा विस्तार गर्दै जाने जनाएको छ ।

सिर्जना फाइनान्सले चालु आर्थिक वर्ष २०७३/७४ को तेस्रो त्रैमासिकसम्म २ अर्ब ८३ करोड १६ लाख रुपैयाँ निक्षेप संकलन र २ अर्ब ५३ करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह गरी ८ करोड २९ लाख रुपैयाँ खुद मुनाफा गरेको छ । फाइनान्सको चुक्ता पूँजी ३० करोड २४ लाख रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *