सिर्जना फाइनान्सले दुईवटा नयाँ शाखा विस्तार गर्यो

Post Date : February 26, 2017 | 11:31 am

काठमाडौँ, १५ फागुन । सिर्जना फाइनान्स लिमिटेडले मोरङको डाँगीहाट र सप्तरीको फत्तेपुरमा थप दुई शाखा विस्तार गरेको छ । डाँगीहाट शाखाको मोरङ व्यापार संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र राउत र फत्तेपुर शाखाको समाजसेवी गोविन्दबहादुर बस्नेतले उद्घाटन गर्नु भएको छ ।

सिर्जना फाइनान्सले एक महिनाभित्र मोरङको पथरी, सुनसरीको इनरुवा, हरिनगरा, महेन्द्रनगर, लौकही र सप्तरीको सप्तकोशी, बोदेबसाइन र पातोमा शाखा संचालनमा ल्याउने जनाएको छ र केही दिनभित्रै मोरङको रंगेली र सलकपुर पनि शाखा विस्तार गर्ने फाइनान्सले जनाएको छ ।

बैंकले चालु आर्थिक वर्ष २०७३।७४ को दोस्रो त्रैमासमा २ अर्ब ७३ करोड रुपैयाँ निक्षेप संकलन र २ अर्ब ५० करोड रुपैयाँ कर्जा प्रवाह गरी ५ करोड ८० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

फाइनान्सको हाल चुक्ता पूँजी ३० करोड २४ लाख रुपैयाँ र जगेडा कोषमा १० करोड ८७ लाख रुपैयाँ रहेको छ । यसै अवधिमा फाइनान्सको खराब कर्जा १ दशमलब ८८ प्रतिशत रहेको छ भने कर्जा निक्षेप अनुपात ७७ दशमलब ३४ प्रतिशत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *