सूचना प्रविधिलाई आमजनताको पहुँचमा पुरयाऔँः मन्त्री राई

Post Date : April 4, 2016 | 12:16 pm

काठमाडौँ, २२ चैत । ‘दिगो विकासका लागि खुल्ला सरकारी तथ्याङ्क’ विषयको पाँचदिने प्रशिक्षण यहाँ आज सुरु भयो ।

राष्ट्रिय सूचना आयोगद्वारा आयोजित उक्त प्रशिक्षणको उद्घाटन गर्दै सूचना तथा सञ्चारमन्त्री शेरधन राईले अत्याधुनिक प्रविधिको आजको युगमा सूचना प्रविधिलाई सबै नेपालीको पहँुचमा पुरयाउन आवश्यक भएको बताउनुभयो ।

नयाँ संविधानले सबै जाति, भाषा र क्षेत्रका अधिकार सुनिश्चित गरेको बताउँदै उहाँले सरकार र सरकारबाहिर रहेका सम्पूर्ण दल मिलेर त्यसलाई कार्यान्वयनमा लानुपर्ने विचार व्यक्त गर्नुभयो ।

उहाँले सरकारले गरेका सबै काम कारबाहीलाई पारदर्शी बनाउन सबै सरकारी कार्यालयमा सूचना अधिकारीको उपस्थिति अनिवार्य गर्ने तयारी गरिएको बताउनुभयो ।

सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले यो प्रशिक्षणमा सूचनाको हक, खुल्ला सरकारी तथ्याङ्क, दिगो विकासलगायतका विषयमा छलफल गरिने जानकारी दिनुभयो ।

आयुक्तद्वय यशोदा तिमिल्सिना र किरण पोखरेलले खुल्ला सरकारी तथ्याङ्कले लोकतन्त्र सुदृढीकरणमा योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो । संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रमका देशीय निर्देशक रेनड मेयरले सूचनाको हक कार्यान्वयन गर्न सबैको साझेदारिता आवश्यकता भएको बताउनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *