सूचीमा नाम समावेश गर्न भूकम्प पीडितको माग

Post Date : November 15, 2016 | 3:30 pm

भक्तपुर, ३० कात्तिक । अनन्तलिङ्गेश्वर नगरपालिका– १५ का भूकम्पपीडितले आफ्नो् नाम लाभग्राहीको सूचीमा छुटेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

भूकम्पबाट घर भत्किए पनि अनुदान पाउनेको सूचीमा नाम समावेश नगरेको भन्दै उनीहरुले भूकम्पीय आवास पुनःनिर्माण परियोजना जिल्ला आयोजना कार्यान्वयन एकाइ समक्ष नाम समावेश गर्न आग्रह गरेका छन् । “घर भत्किएर टहरामा बस्दै आएका छौँ, नाम कसरी छुट्यो ? यसको जवाफ चाहिन्छ,” पीडित सरिता कुँवरले भन्नुभयो ।

अनन्तलिङ्गेश्वरकै नन्दु नगरकोटी पीडितको थप विवरण नआएसम्म आफ्नो वडामा अनुदान सम्झौता तथा रकम वितरण हुन नदिने बताउनुहुन्छ । यस्तै अनन्तलिङ्गेश्वर– १४ की मञ्जु थापाले लाभग्राहीको सूचीमा पीडितको नाम र थर फरक पारेको बताउनुभयो ।

अनन्तलिङ्गेश्वर– १३ मा भूकम्पपीडितको जग्गा गुठीको नाममा रहेकाले अनुदान सम्झौता हुन सकेको छैन । पीडितलाई कुनै पनि बाहनामा अनुदान सम्झौताबाट पन्छाउन नहुने पीडितको भनाइ छ । अनन्तलिङ्गेश्वर नगरपालिकाका कार्यकारी अधिकृत होतराज लम्सालले पीडितका समस्या समाधान गर्न नगरपालिका प्रतिवद्ध रहेको बताउनुभयो । गुनासो फारमको आधारमा छुटेका र कागजात नमिलेकासँग प्रक्रिया पु¥याएर पुनः सम्झौता गरिने उहाँको भनाइ छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *