सूर्योदय लघुवित्तले साधारण शेयर निष्काशन गर्ने

Post Date : August 21, 2016 | 10:46 am

काठमाडौं, ५ भदौ । सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडले भदौ १२ गतेबाट रु. १०० अंकित दरका १ लाख २० हजार कित्ता शेयर बराबर १ करोड २० लाख रुपैयाको साधारण शेयर निष्काशन गर्ने भएको छ ।

सूर्योदय लघुवित्तले निष्काशन गर्न लागेको शेयरमध्ये ६ हजार कित्ता सामूहिक लगानी कोष र ४ हजार ८ सय कित्ता शेयर संस्थाका कर्मचारीलाई छुट्याइएको छ । आवेदनकर्ताले घटीमा ५० कित्ता र बढीमा १ हजार कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् ।

शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल मार्केट्स लिमिटेड रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *