सेञ्चुरी कमर्सियल बैंकद्वारा सगरमाथा फाइनान्सलाई प्राप्ती गरी एकीकृत कारोवारको शुभारम्भ

Post Date : July 15, 2017 | 7:10 pm

काठमाडौँ, ३१ असार । सेञ्चुरी कमर्सियल बैंकले ‘ग’ वर्गको सगरमाथा फाइनान्सलाई प्राप्ती (एक्विजिसन) गरी आज २०७४ असार ३१ गतेदेखि एकीकृत कारोवारको शुभारम्भ गरेको छ । एकीकृत कारोवारको शुभारम्भ अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले काठमाडौँमा एक समारोहका बीच गर्नु भयो ।

एकीकृत कारोवार पश्चात बैंकको जारी पूँजी ५ अर्ब ४६ करोड रुपैयाँ तथा ६६ वटा शाखाहरू हुनेछन् । निकट भविष्यमा नै बैंकले अल्पाईन डेभलपमेन्ट बैंक तथा सेती फाइनान्ससँग एकीकृत कारोवार गर्दैछ भने ४० प्रतिशत हकप्रद शेयरका लागि यसअघि नै आव्हान पत्र प्रकाशित गरिसकेको जनाएको छ ।

हकप्रद शेयर जारीपश्चात तथा चालु आ.व.को मुनाफाबाट ८ अर्ब पूँजी पुरयाउने बैंकले जनाएको छ । एकीकृत कारोवार पश्चात देशभर सेञ्चुरी बैंकको शाखाहरू ९० वटा पुग्ने समेत जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *