सेन्चुरी कमर्सियल बैंकको ४० प्रतिशत हकप्रद शेयर

Post Date : May 15, 2017 | 9:15 am

काठमाडौँ, १ जेठ । सेन्चुरी कमर्सियल बैंकले ४० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न सिभिल क्यापिटल मार्केट लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

सो सम्बन्धी सम्झौता पत्रमा बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराई र सिभिल क्यापिटल मार्केटका प्रमुख कार्यकारी अधिकृत पराग विष्टले हस्ताक्षर गर्नु भएको छ ।

सेन्चुरी कमर्सियल बैंकले इन्नोभेटिभ डेभलपमेन्ट बैंक र अरनिको डेभलपमेन्ट बैंक प्राप्तिपछि हुने एकीकृत पूँजी ४ अर्ब ७१ करोड ३५ लाख ६४ हजार २ सय १३ रुपैयाँको ४० प्रतिशतले हुने १ करोड ८८ लाख ५४ हजार २ सय ५७ कित्ता शेयरको १ अर्ब ८८ करोड ५४ लाख २५ हजार ७ सय रुपैयाँ बराबरको हकप्रद शेयर जारी गर्न लागेको हो ।

बैंकले चालु आर्थिक वर्ष २०७३/७४ को तेस्रो त्रैमासिकसम्म ३३ अर्ब १४ करोड रुपैयाँ निक्षेप संकलन र ३० अर्ब ७ करोड रुपैयाँ कर्जा प्रवाह गरी ३१ करोड ९ लाख रुपैयाँ खुद मुनाफा गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *