सेन्चुरी कमर्सियल बैंकले इन्नोभेटिभ र अरनिको डेभलपमेन्ट बैंक प्राप्तीको सहमति

Post Date : December 29, 2016 | 4:07 pm

काठमाडौँ, १४ पुस । नेपाल राष्ट्र बैंकले सेन्चुरी कमर्सियल बैंकलाई इन्नोभेटिभ डेभलपमेन्ट र अरनिको डेभलपमेन्ट बैंक प्राप्तीका लागि सैद्धान्तिक सहमति (एलओआई) दिएको छ ।

सेन्चुरी कमर्सियल बैंकले ३० प्रतिशत हकप्रद सेयर जारी गरेपछि चुक्ता पूँजी ३ अर्ब ७० करोड रुपैयाँ पुरयाएको छ । त्यस्तै इन्नोभेटिभ डेभलपमेन्ट बैंकको २९ करोड रुपैयाँ चुक्ता पूँजी छ भने अरनिको डेभलपमेन्ट बैंकको २५ करोड ७८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको छ । दुई बिकास बैंकले गत आर्थिक वर्ष २०७२।७३ मा गरेको मुनाफा बितरणपछि प्राप्ती प्रक्रिया अगाडि बढ्नेछ । यी दुई बिकास बैंक प्राप्तिपछि सेन्चुरी कमर्सियल बैंकको चुक्ता पूँजी ५ अर्ब रुपैयाँ पुग्नेछ । बैंकले माघ महिनाभित्रै एकिकृत कारोवारको लक्ष्य राखेको छ ।

सेन्चुरी कमर्सियल बैंकले चालु आर्थिक वर्ष २०७३।७४ को पहिलो त्रैमासिकमा ३१ अर्ब ६८ करोड रुपैयाँ निक्षेप संकलन र २० अर्ब ६० करोड रुपैयाँ कर्जा प्रवाह गरी ७ करोड ४३ लाख रुपैयाँ खुद मुनाफा गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *