सेन्ट्रल फाइनान्स लिमिटेडको नामबाट एकीकृत कारोबार शुरु

Post Date : March 23, 2017 | 11:50 am

काठमाडौँ, १० चैत । सेन्ट्रल फाइनान्स लिमिटेड र भक्तपुर फाइनान्स लिमिटेडको एकीकृत कारोबार शुरु भएको छ । दुई वित्तीय संस्था एकआपसमा गाभिएर सेन्ट्रल फाइनान्स लिमिटेडको नामबाट एकीकृत कारोबार शुरु भएको छ । मर्जरपछि फाइनान्सको मुख्य कार्यालय ललितपुरको कुपण्डोलमा रहनेछ ।

एकीकृत कारोबारपछि कुल चुक्ता पूँजी ५२ करोड ६ लाख ६३ हजार रुपैयाँ, निक्षेप संकलन २ अर्ब ६४ करोड ७ लाख रुपैयाँ र कर्जा प्रवाह २ अर्ब ३१ करोड ७७ लाख रुपैयाँ पुगेको छ ।

नेपाल राष्ट्र बैंकले राष्ट्रिय स्तरको ‘ग’ वर्गको वित्तीय संस्थालाई २०७४ असार मसान्तसम्म ८० करोड रुपैयाँ पुरयाई सक्नु पर्ने निर्देशन जारी गरेकोमा सो चुक्ता पूँजी पुरयाउन सेन्ट्रल फाइनान्सले बोनस शेयर र हकप्रद शेयर जारी गर्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *