सेयरबजार २१.८८ अंकले अोरालो लाग्यो

Post Date : December 11, 2016 | 6:37 pm

काठमाडौँ, २६ मङ्सिर । नेप्से परिसूचक निरन्तर अोरालो लाग्ने क्रम रोकिएन, अाज साताको पहिलो दिन सेयरबजार फेरि अोरालो लागेको छ । कुल १४१ कम्पनीहरूको कारोवार भएको अाजको शेयरबजारमा २१.८८ अंकले घटेर १५२२.८० विन्दुमा पुगेको छ । उत्पादन समूहको सेयर उकालो लाग्यो भने यस बाहेक अरु सबै समूह अोरालो लागेको छ । कुल ३८१९ कारोवारबाट ७ लाख ७३६ कित्ता शेयर किनबेच भई ४० करोड ५५ लाख ५७ हजार १०८ रुपैयाको कारोवार भएको छ ।

उत्पादन समूहको ११.७ अंकले बढेर ३ लाख १३ हजार ८४० रुपैयाको कारोवार भएको छ ।

वाणिज्य बैंकहरुको १८.२९ अंकले घटेर १९ करोड ३३ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने होटल समूहको ६९.१३ अंकले घटेर १९ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । विकास बैंक समूहको २३.९८ अंकले घटेर ५ करोड ४१ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने जलविद्युत समूहको ७३.६ अंकले घटेर २ करोड ३९ लाख रुपैयाभन्दा बढीको कारोवार भएकाे छ । फाइनान्स समूहको ११.८४ अंकले घटेर ६२ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने बिमा समूहको १४७.५ अंकले घटेर १० करोड ३१ लाख रुपैयाभन्दा बढीको कारोवार भएकाे छ । त्यस्तै अन्य समूह २.६१ अंकले घटेर ५१ लाख १५ हजार ६१० रुपैयाको कारोवार भएको छ ।

कारोवार भएको रकमको अाधारमा अाज कारोवार भएको कम्पनीहरुमा सबैभन्दा बढी एभरेष्ट बैंक लिमिटेडको ३ करोड १७ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । त्यस्तै दोस्रोमा शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको २ कराेड ७७ लाख रुपैयाभन्दा बढीको कारोवार भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *