सेयरबजार २९.५४ अंकले अोरालो लाग्यो, कारोवार निराशाजनक

Post Date : December 4, 2016 | 5:14 pm

काठमाडौँ, १९ मङ्सिर । राजनीतिक अस्थिरताको असर सेयरबजारमा पनि परेको छ, अाज साताको पहिलो दिन नेप्से परिसूचक अोरालो लागेको छ । कुल १३७ कम्पनीहरूको कारोवार भएको अाजको शेयरबजारमा २९.५४ अंकले घटेर १५७०.९५ विन्दुमा पुगेको छ । होटल र उत्पादन समूहको सेयर उकालो लाग्यो भने यस बाहेक अरु सबै समूह अोरालो लागेको छ । कुल ५०८० कारोवारबाट १० लाख ८० हजार ७७६ कित्ता शेयर किनबेच भई ७५ करोड ५३ लाख ६८ हजार ७६१ रुपैयाको कारोवार भएको छ ।

होटल समूहको ५५.८१ अंकले बढेर ३७ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने उत्पादन समूहको ५.४६ अंकले बढेर ८१ हजार ८ सय रुपैयाको कारोवार भएको छ ।

वाणिज्य बैंकहरुको २६.०६ अंकले घटेर ३७ करोड ७२ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने विकास बैंक समूहको २५.३ अंकले घटेर ८ करोड ३२ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । जलविद्युत समूहको ४४.३८ अंकले घटेर १ करोड ७७ लाख रुपैयाभन्दा बढीको कारोवार भएकाे छ भने फाइनान्स समूहको १२.७५ अंकले घटेर १ करोड ६८ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । त्यस्तै बिमा समूहको २७४.५६ अंकले घटेर १९ करोड ६७ लाख रुपैयाभन्दा बढीको कारोवार भएकाे छ भने अन्य समूह १२.१५ अंकले बढेर ७० लाख २४ हजार ४८० रुपैयाको कारोवार भएको छ ।

कारोवार भएको रकमको अाधारमा अाज कारोवार भएको कम्पनीहरुमा सबैभन्दा बढी एभरेष्ट बैंक लिमिटेडको ५ करोड ६८ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । त्यस्तै दोस्रोमा सानिमा बैंक लिमिटेडको ५ कराेड ४८ लाख रुपैयाभन्दा बढीको कारोवार भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *