स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालको सहयोग

Post Date : March 2, 2017 | 11:09 am

काठमाडौँ, १९ फागुन । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले अन्तर्राष्ट्रिय ह्विलचियर दिवसको अवसरमा जोरपाटीस्थित खगेन्द्र नवजीवन केन्द्रलाई २० वटा ह्विलचियर र २५ जोडी बैसाखी सहयोग गरेको छ ।

उक्त सहयोग बैंकका प्रमुख कार्यकारी अधिकृत जोसेफ सिल्भानुसले खगेन्द्र नवजीवन केन्द्रका अध्यक्ष मोहन महर्जनलाई सामग्री हस्तान्तरण गर्नु भएको छ ।

बैंकले गत वर्ष आयोजना गरेको ‘स्टाफ फेमिली फूड एण्ड फन’ कार्यक्रममा संकलन भएको रकमबाट सो सहयोग गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *