हल्लै हल्लाले धेरै माथि गएको शेयर बजार अहिले करेक्सन भइराखेको छ ।

Post Date : February 12, 2017 | 4:25 pm

काठमाडौँ क्यापिटल मार्केट लिमिटेड कस्तो कम्पनी हो ?

काठमाडौँ क्यापिटल मार्केट लिमिटेडले धितोपत्र व्यवसाय र मर्चेन्ट बैंकिङ्ग सम्बन्धी कार्यहरू गर्दै आएको छ । यो नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त पब्लिक कम्पनी लिमिटेड हो । यसले हाल धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धसम्बन्धी र शेयर रजिष्ट्रेशन सम्बन्धी कार्य गर्ने स्वीकृति प्राप्त गरेको छ । भविष्यमा नियमनकारी निकायले स्वीकृति दिएको खण्डमा भेन्चर क्यापिटल र कन्सल्टेन्सी सर्भिससम्बन्धी कार्य गर्ने मुख्य उद्देश्य लिएर हामी आएका छौँ । यी सेवाहरू सुचारु गर्ने योजनामा हामी रहेका छौँ ।

हाल आस्बा प्रणाली लागू भएको छ, यो कस्तो प्रणाली हो र यसले लगानीकर्ताहरूलाई के के फाइदा पुरयाउँदछ ?

वास्तविक रुपमा भन्नु पर्दा अहिले नेपालमा साधारण शेयरधनीहरूले सार्वजनिक निष्काशन गरेको अवस्थामा शेयरको आवेदन दिँदा एकदमै झन्झट र बढी समय खर्चनु परेको अवस्था छ । कुनै कुनै अवस्थामा त दिनभरी जस्तो नै लाइनमा बसेर आवेदन दिनु पर्ने एकदमै झन्झटिलो अवस्था छ । नेपाल धितोपत्र बोर्डले विभिन्न बैंक तथा वित्तीय संस्थाहरूलाई शेयरसम्बन्धी कार्य गर्नको लागि अनलाइन सर्भिसबाट आवेदन दिन सक्ने व्यवस्था गरेर उक्त कार्य शुरु भएको हो । अनलाइनमार्फट शेयर आवेदन गर्न सक्ने कार्य भर्खरै माघ ९ गतेबाट एउटा माइक्रो फाइनान्सको शेयर आवेदनबाट शुरु भएको छ । यसले गर्दा पहिला शेयर आवेदन दिन घण्टौँ लाइनमा बस्नु पर्ने र फारमसमेत नपाउने अवस्थालाई हटाएको छ ।

यो प्रणालीले गर्दा पैसा जम्मा भयो कि भएन, पैसा जम्मा गर्दा हस्ताक्षर नमिल्ने, रकम लेखेको नमिल्ने, मिति नमिल्ने, चेकको भुक्तानीमा चेक रिजेक्ट हुने, दर्खास्त फारमसमेत रिजेक्ट हुने अवस्थाबाट मुक्त गरेको छ । इजाजत प्राप्त बैंकले शेयर आवेदन लिइसकेपछि सिधै बाँडफाँड प्रक्रियमा जान्छ । पहिलाको अवस्थामा शेयर आवेदन स्वीकृत नहुन पनि सक्थ्यो, तर यो प्रणाली अन्तर्गत गइसकेपछि यस किसिमको समस्यालाई समेत हटाएको छ ।

यो किसिमको पद्धतिलाई अपनाउन मानिसहरूलाई थाहा नभएर वा विश्वास गर्न नसकेर पनि हुन सक्छ, करिब २५ देखि ३० प्रतिशतले मात्रै यो प्रणाली अन्तर्गत आवेदन संकलन भएको छ । इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाहरूसमेत अलमलिएको अवस्थामा पनि यो नयाँ प्रविधि शुरु भइसकेको छ । अब आउने नयाँ शेयर जारी गर्ने बेलामा करिब ७० देखि ८० प्रतिशतले आवेदकहरू यस प्रणाली अन्तर्गत आउँछ भन्ने लाग्छ । आवेदकको जुन बैंकमा खाता छ त्यही बैंकबाट आवेदन दिनु पर्ने हुन्छ । पहिला कि नगद कि चेक बुझाउनु पर्ने अवस्था थियो । अहिले त्यसो नगरेर खातालाई ब्लक गरेर बैंकले आवेदन संकलन गरी दिन्छ र पछि आवेदकलाई जति कित्ता शेयर बाँडफाँडमा पर्छ त्यति बराबरको रकम काटेर बाँकी रकम फुकुवा गरी दिन्छ । यो प्रणालीले गर्दा पैसा जम्मा भयो कि भएन, पैसा जम्मा गर्दा हस्ताक्षर नमिल्ने, रकम लेखेको नमिल्ने, मिति नमिल्ने, चेकको भुक्तानीमा चेक रिजेक्ट हुने, दर्खास्त फारमसमेत रिजेक्ट हुने अवस्थाबाट मुक्त गरेको छ । इजाजत प्राप्त बैंकले शेयर आवेदन लिइसकेपछि सिधै बाँडफाँड प्रक्रियमा जान्छ । पहिलाको अवस्थामा शेयर आवेदन स्वीकृत नहुन पनि सक्थ्यो, तर यो प्रणाली अन्तर्गत गइसकेपछि यस किसिमको समस्यालाई समेत हटाएको छ । यो प्रणालीले गर्दा समयको बचत हुनुका साथै बाँडफाँड प्रक्रियामा सिधै प्रवेश हुने भएकोले यसबाट लगानीकर्ताहरूलाई धेरै फाइदा पुग्ने देखिन्छ ।

आस्बा प्रणाली लागू भएको अवस्थामा मर्चेन्ट बैंकरको व्यवसायमा के कस्तो प्रभाव पार्दछ ?

मर्चेन्ट बैंकरहरूले म्यानुअल प्रक्रिया हुँदा सबै खालको सेवा दिएका थिए । सबै मर्चेन्ट बैंकरहरू काठमाडौँमा मात्रै केन्द्रीत थिए । काठमाडौँ उपत्यका बाहिर जानु परेको अवस्थामा एउटा मात्रै संकलन केन्द्रद्वारा संकलन गर्ने गरिन्थ्यो भने अहिले आएर अधिराज्यभर बैंक तथा वित्तीय संस्थाहरूमार्फत शेयर आवेदन गर्न सक्ने भयो । पहिला पनि सबै संकलन केन्द्रहरूको संचालन मर्चेन्ट बैंकरहरूले आफै गर्ने गरेका थिएनन् । यसमा के देखिन्छ भने मर्चेन्ट बैंकरहरूले संकलन भएकोबाट केही ब्याजहरू आम्दानी गरेर कमाई गरी राखेका थिए, अब यो अवस्था नहुने देखिन्छ । तर यो सेवाका लागि धितोपत्र बोर्डले जुन शुल्क तोकेको छ, त्यो बैंकले लिन पाउने र त्यसको केही हिस्सा मर्चेन्ट बैंकरहरूले पनि पाउने भएको हुनाले खासै त्यस्तो फरक पर्दैन जस्तो मलाई लाग्छ ।

पहिला ४० देखि ७० दिनमा सम्पन्न हुने धितोपत्र बाँडफाँड अब कति दिनमा सम्पन्न हुन्छ ?

यो विषयमा धितोपत्र बोर्डले नयाँ निर्देशन जारी गर्न सकेको छैन । यो प्रणाली अन्तर्गत भर्खर परिक्षणको रूपमा एउटाको शेयर जारी गर्ने काम भएको छ । यसमा के देखिएको छ भने अहिले पनि ७० प्रतिशत मानिहरू म्यानुअल तरिकाले नै शेयरको आवेदन गरेका छन् । अनलाइनमार्फत शेयर आवेदन गर्ने तरिका वा शिक्षा हामीले दिन सकेनौँ होला र यसलाई छिटो लागू गरी हालौँ र लागू गरिसकेपछि यसमा आएका समस्याहरूलाई समाधान गर्दै जाऊँ भन्ने मनशायले यसलाई लागू गरियो । अर्को कुरा के भइदियो भने धितोपत्र बोर्डले यसको रिजल्ट हेरेर अब के कति दिनमा बाँडफाँड गर्न सकिन्छ भनेर नयाँ निर्देशन जारी गरेपछि मात्रै यसको टुङ्गो लाग्ने अवस्था छ । अहिले नै यति नै दिन भनेर भन्न सक्ने अवस्था छैन । यो प्रणाली अहिले परिक्षणको रुपमा शुरुवात भएको छ, यसअन्तर्गत पहिलो शेयर बाँडफँड के कति दिनमा हुन्छ, कति दिन लगाउँछ, त्यही बेसलाई आधार लिएर गर्ने कि अझै एक–दुई वटा निष्काशन हेर्ने । किनभने अहिले ७०/३० (म्यानुअल/अनलाइन) मा आएको छ । यो उल्टो भइदियो भने अर्थात ३० प्रतिशत म्यानुअल र ७० प्रतिशत आस्बा प्रणालीअन्तर्गत आयो भने चाहिँ एकदम चाँडै होला । नत्र अहिलेको जस्तै ७० प्रतिशत चाहिँ म्यानुअल र ३० प्रतिशत मात्रै आस्बा प्रणाली अन्तर्गत आयो भने पुरानै तरिकाले बाहेक मर्चेन्ट बैंकले चाँडो काम गर्न सक्छ जस्तो लाग्दैन ।

यो प्रणाली अहिले परिक्षणको रुपमा शुरुवात भएको छ, यसअन्तर्गत पहिलो शेयर बाँडफँड के कति दिनमा हुन्छ, कति दिन लगाउँछ, त्यही बेसलाई आधार लिएर गर्ने कि अझै एक–दुई वटा निष्काशन हेर्ने । किनभने अहिले ७०/३० (म्यानुअल/अनलाइन) मा आएको छ । यो उल्टो भइदियो भने अर्थात ३० प्रतिशत म्यानुअल र ७० प्रतिशत आस्बा प्रणालीअन्तर्गत आयो भने चाहिँ एकदम चाँडै होला ।

अहिलेको शेयर बजार एकदमै तलमाथि भइरहेको छ, यो के कारणले गर्दा भएको होला ?

वास्तवमा शेयर बजार तलमाथि हुनुको मुख्य कारण के देखिन्छ भने जब नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई पूँजी वृद्धिको जुन योजना अघि सारयो जसलाई २०७४ असारभित्र पूरा गरिसक्नु पर्ने हुन्छ । कुनै कुनैले त ४ गुणाले पूँजी वृद्धि गर्नु पर्ने हुन्छ, अझ कसै कसैको त योभन्दा धेरै नै छ । जस्तो एक जिल्ला, तीन जिल्ला कार्यक्षेत्र भएको विकास बैंक वा फाइनान्स कम्पनीहरूको धेरै नै प्रतिशतले वृद्धि गर्नु पर्ने देखिन्छ । कमर्सियल बैंकहरूको चाहिँ झण्डै चार गुणा, जस्तो दुई अर्बमा चलिरहेको बैंकहरू अब एकैचोटि आठ अर्ब पूँजी पुरयाउनु पर्ने भनेर नयाँ कार्ययोजना ल्याएको छ । त्यो कार्ययोजना अनुसार जान उनीहरूसँग धेरै समय थिएन, किनभने यसलाई दुईवर्षभित्र पूरा गर्नु पर्ने हुन्छ ।

मान्छेहरू हल्लै हल्लाको पछि लागेर मार्केट धेरै माथि गयो । अहिले जहाँसम्म मैले हेर्दा, मार्केट करेक्सन भइराखेको छ । किनभने यो प्राइस अहिले क्यालकुलेसन गरेर हेर्ने हो भने एक वर्ष अगाडि जसले शेयरमा इन्भेष्ट गरेको थियो, उसले जति बिचमा अतिरिक्त शेयर पायो, त्यो शेयरलाई अहिले बेच्ने हो भने उ कुनै घाटामा हुँदैन ।

इन्भेष्टरहरूले के सोच्यो भने दुई अर्बको पूँजी एकैचोटि आठ अर्ब पुरयाउनलाई तीन गुणाले शेयर बढाउनु पर्ने हुन्छ । त्यसैले यही बेला हो भनेर मानिसहरूले लगानी गर्न तिर लागे, जसले गर्दा मार्केट एकदमै माथि गएको थियो । अब करिब करिब एक–दुई वटा कमर्सियल बैंक बाहेक अरु बाँकी कमर्सियल बैंकहरूले यो आउने असार मसान्तभित्र जुन ६ महिना मात्रै बाँकी छ, उनीहरूको पूँजी करि करिब ६ अर्ब पुरयाइसकेका छन् । बाँकी करिब २ अर्ब पुरयाउनलाई मार्केटमा धेरै शेयर आउनेवाला छैन, जति आउनु आइसकेको छ । जसले हिजो २ सय कित्ता हुने मानिसले आज उसँग करिब करिब ६ सय कित्ता भइसक्यो । मूल्य त्यही बेला एड्जस्ट हुनु पर्ने, जुन बेला बैंकहरूले राइट शेयर दिन थाले त्यति बेला नै मार्केट म्याचुरिटी आउनु पर्ने थियो, तर मान्छेहरू हल्लै हल्लाको पछि लागेर मार्केट धेरै माथि गयो । अहिले जहाँसम्म मैले हेर्दा, मार्केट करेक्सन भइराखेको छ । किनभने यो प्राइस अहिले क्यालकुलेसन गरेर हेर्ने हो भने एक वर्ष अगाडि जसले शेयरमा इन्भेष्ट गरेको थियो, उसले जति बिचमा अतिरिक्त शेयर पायो, त्यो शेयरलाई अहिले बेच्ने हो भने उ कुनै घाटामा हुँदैन । किनभने २ सय कित्ता भएको मानिसले ६ सय कित्ता पुरयाइसकेको छ, र अहिलेको जुन प्राइस छ उसले त्यतिबेला २ सय कित्ता किनेको थियो, त्यसको अहिले ६ सय कित्ता बेच्दा हिसाब गर्ने हो भने उ घाटामा हुँदैन । हेर्दा के देखियो भने १८०० पुगेको मार्केट एकैचोटि झरेर १३०० को हाराहारीमा आयो भनेर मानिसहरू अत्तालिएका हुन्, तर यो विस्तारै करेक्सन हुँदैन । यो प्रोसेसमै भइरहेको भन्ने मलाई लाग्छ ।

अनलाइनबाट कारोबार हुँदा शेयर बजार के कस्तो प्रभाव पार्छ र लगानीकर्ताहरूलाई के कस्तो फाइदा हुन सक्छ ?

इन्भेष्टरहरूदेखि लिएर हामी काम गर्नेहरूको पनि जुन म्यानुअल काम गर्दा जुन झन्झटहरू छन् र समस्याहरू छन्, ती सबैलाई हेर्दा के देखियो भने यत्रो अन्तर्राष्ट्रिय रुपमै प्रविधिको विकास भइरहेको बेला र हाम्रो बजारको साइज पनि बढेको जस्तो २ अर्ब हुने बैंकको पूँजी आज ८ अर्ब हुँदैछ, त्यसैले नम्बर अफ शेयरहरू, ट्रान्जेक्सनहरू यति परिवर्तन भएको छ कि, यति ठूलो भोलुममा कारोवार हुन्छ कि यसलाई हामीले म्यानुअल मात्रै गरेर भ्याउँदैन, अनलाइनमा नै जानु पर्ने हुन्छ । यसको दुईवटा फाइदाहरू छन् । एउटा, अहिलेको अनलाइन भनेको सिडिएसको सर्टिफिकेट मात्रै भौतिकबाट अभौतिक गरियो । त्यतिले मात्रै यो बजारलाई हुँदो रहेनछ । अनलाइन ट्रान्जेक्सन भएर अनलाइन सेटलमेन्ट पनि हुनु परयो । अहिले ब्रोकरले गरिरहेको अनलाइन ट्रान्जेक्सन मात्रै हो, पहिले स्टकमा गएर कराएर कारोवार गर्थे भने अहिले ब्रोकरले आफ्नै अफिसबाट अनलाइन कारोवार गरिरहेको छ । कारोवारभन्दा पनि सेटलमेन्ट चाहिँ अनलाइन हुनुपरयो । र ग्राहकले घरमा नै बसेर आफ्नो अर्डर प्लेस गर्न पाउनु पर्छ । अहिले नियम अनुसार जाने हो भने इन्भेष्टरहरूले ब्रोकरको अफिसमै गएर अर्डर गर्नु पर्ने अवस्था छ । यसले समय खाएको हुन्छ ।

अनलाइन ट्रान्जेक्सन भएर अनलाइन सेटलमेन्ट भयो भने के हुन्छ भने आजको भोलि उसले किनबेच गर्न पाउँछ । यसले गर्दा ग्राहकले मिनिमम मार्जिन राखेरै शेयर कारोवार गर्न सक्ने हुन्छ । यसले शेयरको ट्रान्जेक्सनको भोलुम बढ्छ । भोलुम बढ्यो भने त्यही अनुसार मार्केट चल्ने भएको हुनाले यसबाट इन्भेष्टरले धेरै नै फाइदा लिन सक्छ ।

शेयरबजार तलमाथि हुँदा समयले ठूलो भूमिका खेलेको हुन्छ । जस्तो भनौं न टाढाको क्लाइन्ट बजारमा आएर, ब्रोकरको अफिसमा आएर, मार्केट हेरेर अर्डर गर्दा सम्ममा प्राइस धेरै तलमाथि गइसकेको हुन्छ । उसले घरबाटै अर्डर गर्न पाउने वा कारोवार प्लेस गर्न पायो भने त (किन्ने–बेच्नेको अर्डर पाउने बित्तिकै), र उसले अनलाइन सेटलमेन्ट पनि गर्न पायो भने त अहिले जस्तो तीन दिन लाग्दैन । भन्न त हामीले तीन दिन भनेका छौँ तर अहिले तीन दिनभित्र सेटलमेन्ट भएको अवस्था छैन, कम्तीमा पनि ६–७ दिन नभइकन पैसा पाएको अवस्था छैन । बेच्नेले पैसा नपाइकन किन्नेको खातामा पनि जाँदैन, उसले बुझाउँदैमा मात्र पनि हुँदैन, किन्नेले ब्रोकरकोमा गएर पैसा बुझाउँदैमा उसको शेयर आउँदैन । तर अनलाइन ट्रान्जेक्सन भएर अनलाइन सेटलमेन्ट भयो भने के हुन्छ भने आजको भोलि उसले किनबेच गर्न पाउँछ । यसले गर्दा ग्राहकले मिनिमम मार्जिन राखेरै शेयर कारोवार गर्न सक्ने हुन्छ । यसले शेयरको ट्रान्जेक्सनको भोलुम बढ्छ । भोलुम बढ्यो भने त्यही अनुसार मार्केट चल्ने भएको हुनाले यसबाट इन्भेष्टरले धेरै नै फाइदा लिन सक्छ ।

– प्रस्तुती: बैंकिङ्ग प्रवर्द्धन कार्यक्रम

Leave a Reply

Your email address will not be published. Required fields are marked *