हाइगरका परिवहन नेपाली बजारमा

Post Date : July 18, 2017 | 5:53 pm

काठमाडौँ, ३ साउन । चिनियाँ प्रसिद्ध कम्पनी हाइगरका मिनिबसको राजधानीका बजारमा क्रयविक्रय थालिएको छ ।

आक्र्स ग्रुप प्राइभेट लिमिटेडले आयात गरेका ती बस बिक्रीको शुभारम्भ आज यहाँ आयोजित एक समारोहमा उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कृष्णबहादुर महराले गर्नुभयो ।

त्यस अवसरमा उहाँले सार्वजनिक यातायातका निम्ति ठूला सवारीसाधन प्रवर्द्धन गर्ने सरकारी नीति रहेको बताउँदै चालु आर्थिक वर्षको बजेट र मौद्रिक नीतिले पनि त्यसलाई बढावा दिएकाले उपलब्ध सुविधाको भरपूर उपयोग गर्न सवारीसाधन आयातकर्तालाई आग्रह गर्नुभयो ।

मुलुकको पर्यटन विकासको महत्वपूर्ण पूर्वाधारको रुपमा रहेको परिवहनको पाटोलाई दृष्टिगत गरी राष्ट्रिय अर्थतन्त्रमा योगदान गर्ने पर्यटन उद्योगको विकासमा लाग्न उहाँले उद्यमी व्यवसायीलाई अनुरोध पनि गर्नुभयो ।

आक्र्स ग्रुपका प्रमुख कार्यकारी अधिकृत रजुल श्रेष्ठले विश्वका एकसयभन्दा बढी मुलुकमा हाइगरका परिवहन निर्यात भइरहेका जानकारी दिँदै नेपाल भ्रमणमा आउने पर्यटकलाई लक्ष्य गरी हाइगरका मिनिबस आयात गरिएको बताउनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *