हाम्रो विकास बैंकले चार लाख एकाउन्न हजार एकसय एकाइस कित्ता शेयर बिक्री गर्ने

Post Date : July 16, 2017 | 11:06 am

काठमाडौँ, १ साउन । हाम्रो विकास बैंकले हकप्रद शेयरको लागि बिक्री खुल्ला गरी आवेदन माग गरेकोमा संस्थापकतर्फ ३ लाख ९१ हजार ६ सय ३६ दशमलब ७६ कित्ता र सर्वसाधारणतर्फ ५९ हजार ४ सय ८४ दशमलब ९९ कित्ता शेयरका लागि आवेदन नपरेकोले शिलबन्दी बोलपत्रद्वारा बिक्री गर्ने भएको छ ।

शेयरको न्यूनतम मूल्य प्रति शेयर रु.१००।– तोकिएकोले आवेदनकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी २०७४ साउन ५ गतेदेखि १२ गतेसम्म एनआईबिएल क्यापिटल मार्केट्स लिमिटेड, लाजिम्पाट, काठमाडौँमा शिलबन्दी बोलपत्र पेश गरिसक्नु पर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *