हाम्रो विकास बैंकले १ बराबर २ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने

Post Date : February 25, 2017 | 1:52 pm

काठमाडौँ, १४ फागुन । हाम्रो विकास बैंकको हाल चुक्ता पूँजी १५ करोड २९ लाख १६ हजार ९ सय ४० रुपैयाँ रहेको छ । बैंकले हाल कायम रहेको चुक्ता पूँजीको १ शेयर बराबर २ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्नको लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । बैंकले हकप्रद शेयर निष्काशनका लागि बिक्री प्रबन्धक एनआईबिएल क्यापिटललाई नियुक्त गरेको छ ।

बैंकको चालु आर्थिक वर्ष २०७३/७४ को दोस्रो त्रैमासिकमा १ अर्ब १७ करोड २१ लाख रुपैयाँ निक्षेप संकलन र १ अर्ब १ करोड ६५ लाख रुपैयाँ कर्जा प्रवाह गरी २ करोड १५ लाख रुपैयाँ खुद मुनाफा गरेको छ । सोही अवधिमा बैंकको निस्क्रिय कर्जा शून्य दशमलब ६२ प्रतिशत रहेको छ भने कर्जा/निक्षेप अनुपात ७४ दशमलब ६४ प्रतिशत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *