हिमालयन बैंकको इटहरी शाखा कार्यालय भवन उद्घाटन

Post Date : February 21, 2017 | 11:33 am

सुनसरी, १० फागुन । हिमालयन बैंकले इटहरीमा आफ्नो नयाँ भवन हिजो फागुन ९ गते उद्घाटन गरेको छ । उक्त भवनको बैंक संचालक समितिका अध्यक्ष मनोजबहादुर श्रेष्ठले उद्घाटन गर्नु भएको छ । नवनिर्मित शाखा भवनबाट ग्राहकलाई आफ्ना सम्पूर्ण बैंकिङ सेवा तथा सुविधाका साथै लकर सेवा समेत उपलब्ध गराउने बैंकले जनाएको छ ।

बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकमा ९१ अर्ब ९ करोड ८६ लाख रुपैयाँ निक्षेप संकलन र ७५ अर्ब ५६ करोड ७८ लाख रुपैयाँ कर्जा प्रवाह गरी १ अर्ब २ करोड ७८ लाख रुपैयाँ खुद मुनाफा गर्न सफल भएको छ । सोही अवधिमा बैंकको निस्कक्रीय कर्जा शून्य दशमलब ९४ प्रतिशत र कर्जा/निक्षेप अनुपात ७९ दशमलब २२ प्रतिशत रहेको छ ।

बैंकको हाल चुक्ता पूँजी ६ अर्ब ४७ करोड ६३ लाख २० हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा ४ अर्ब २७ लाख ५९ हजार रुपैयाँ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *