हिमालयन बैंकको खुद मुनाफा १ अर्ब २ करोड रुपैयाँ

Post Date : February 3, 2017 | 1:25 pm

काठमाडौँ, २१ माघ । हिमालयन बैंकले चालु आर्थिक वर्ष २०७३।७४ को दोस्रो त्रैमासिकमा ९१ अर्ब ९ करोड ८६ लाख रुपैयाँ निक्षेप संकलन र ७५ अर्ब ५६ करोड ७८ लाख रुपैयाँ कर्जा प्रवाह गरी १ अर्ब २ करोड ७८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आ.व. २०७२।७३ को समीक्षा अवधिमा ८० करोड २२ लाख रुपैयाँ मुनाफा कमाएको थियो । बैंकको हाल ६ अर्ब ४७ करोड ६३ लाख २० हजार रुपैयाँ चुक्ता पूँजी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *