हिमालयन बैंकको ३० प्रतिशत बोनस सेयर पारित

Post Date : January 8, 2017 | 12:59 pm

काठमाडौँ, २४ पुस । हिमालयन बैंकको २४ औँ वार्षिक साधारण सभाले ३० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ दशमलव ५६८९ प्रतिशत नगद लाभांश पारित गरेको छ ।

बोनस सेयर वितरण पश्चात बैंकको चुक्ता पूँजी ५ अर्ब ८४ करोड ८८ लाख ८८ हजार ५ सय रुपैयाँ पुग्नेछ । साथै बैंकको २३ औँ वार्षिक साधारण सभाबाट पारित भए अनुरुप बाँडफाँड प्रक्रियामा रहेको हकप्रद सेयर जारी गरिसकेपछि बैंकको चुक्ता पूँजी ६ अर्ब ४९ करोड १६ लाख २३ हजार ५ सय रुपैयाँ पुग्ने बैंकद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *