होली पर्वका अवसरमा नेपाल टेलिकमको सहुलियत अफर

Post Date : March 10, 2017 | 5:08 pm

काठमाडौँ, २७ फागुन । नेपाल टेलिकमले होली पर्वका अवसरमा आफ्ना उपभोक्ताहरुलाई विभिन्न किसिमका सेवाहरुमा सहुलियतपूर्ण अफर उपलब्ध गराएको छ । कम्पनीको चाडपर्व अफर अन्तर्गत GSM/CDMA पोष्टपेड तथा प्रिपेडका सेवाग्राहीलाई निम्नानुसारको होली अफर उपलब्ध गराइएको प्रेस विज्ञप्तीमार्फत जनाइएको छ ।

यसरी उपलब्ध गराइएको सहुलियत अफर अन्तर्गत रिचार्ज कार्डमा डेटा बोनस, यूट्युब् डेटा प्याक र एसएमएस प्याक रहेका छन् ।

रिचार्ज कार्डमा डेटा बोनस अन्तर्गत रु. २०० को रिचार्ज कार्डमा २०० एमबी डेटा, रु. ५०० को रिचार्ज कार्डमा ५०० एमबी डेटा र रु. १००० को रिचार्ज कार्डमा १००० एमबी डेटा दुई दिनसम्म बोनस अवधि रहने गरी राती १०ः०० बजे देखी बिहान ६ः०० बजेसम्म उपभोग गर्न पाइनेछ । यो अफरको अवधि २०७३ फागुन २९ गतेदेखि २०७३ चैत्र ०३ गतेसम्म ५ दिन GSM/CDMA का प्रिपेडका ग्राहकलाई उपलब्ध हुनेछ । यो अफर अन्तर्गतको डेटा बोनस रिचार्ज गरेपश्चात् स्वतः प्राप्त हुनेछ ।

त्यसैगरी यूट्युब् डेटा प्याक अन्तर्गत १ जिबी यूट्युब् डेटा प्याक १०० रुपैयाँमा २ दिनसम्म र ५०० एमबी यूट्युब् डेटा प्याक ६० रुपैयाँमा १ दिनसम्म उपभोग गर्न पाइने छ । यो अफरको अवधि २०७३ फागुन २९ गतेदेखि २०७३ चैत्र १३ गतेसम्म १५ दिन GSM का प्रिपेड र पोष्टपेड ग्राहकलाई उपलब्ध हुनेछ ।यो अफर लिनका लागि U1GB या U500MB टाइप गरी १४१५मा SMS गर्नुपर्ने छ ।

सएमएस प्याक अन्तर्गत १०० वटा एसएमएस १० रुपैयाँमा (नेपाल टेलिकमको नेटवर्क भित्र मात्र) ३ दिनसम्म उपभोग गर्न पाइने छ । यो अफरको अवधि २०७३ फागुन २९ गतेदेखि २०७३ चैत्र ०१ गतेसम्म ३ दिन GSM/CDMA का ग्राहकलाई उपलब्ध हुनेछ । यो सेवा लिनका लागि SMS100 टाइप गरी १४१५मा SMS गर्नुपर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *