ह्यारी फर्कंदै

Post Date : March 29, 2016 | 8:19 am

काठमाडौं, १६ चैत । गोरखामा विद्यालय भवन पुनर्निर्माणमा श्रमदान गर्दै आउनुभएका बेलायती राजकुमार ह्यारी आज राजधानी फर्कंदै हुनुहुन्छ । गोरखाको लापु–३ स्थित प्रभातकिरण माध्यमिक विद्यालयको भवन निर्माणमा सक्रिय ह्यारी हिजै काठमाडौं फर्कने बताइए पनि मौसममा आएको खरावीले फर्कन सक्नुभएको थिएन । लापु गाविस क्षेत्रमा दुई दिनदेखि राम्रो घाम नलागेको र हिजो दिउँसोदेखि हावाहुरीसहित वर्षा भएकाले हेलिकोप्टर उडानमा समस्या देखिएको हो । राजकुमार ह्यारी हेलिकोप्टर चढेर काठमाडौं फर्कने कार्यक्रम थियो । ह्यारी गत बिहीबार गाडि चढेर सोतीबजारसम्म र त्यसपछि तीन घण्टा पैदल हिँडेर लापुबेसी पुग्नुभएको थियो । उहाँले त्यहाँ ढुंगा र काठ बोकेर भूकम्पले भत्काएका विद्यालय पुनर्निर्माणमा सघाउनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *