२०, ५० र १००० दरका स्विडिस क्रोनर नोटहरू चलन चल्तीबाट हट्ने

Post Date : August 11, 2016 | 12:39 pm

काठमाडौं, २७ साउन । नेपाल राष्ट्र बैंक, विदेशी विनिमय व्यवस्थापन विभागले स्विडिस क्रोनरको २०, ५० र १००० दरका बैंक नोटहरू चलन चल्तीबाट हटाउन सर्वसाधारणको लागि सूचना जारी गरेको छ । बैंकले काठमाडौं र जिल्लास्थित कार्यालयहरूबाट उक्त दरका स्विडिस क्रोनर नोटहरू २०७३ साउन मसान्तभित्र सटही गरिसक्नु पर्ने र सो अवधिपछि सो नोटहरू सटही नहुने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *